साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुनको) मूल्यमा गिरा’वट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन सुनको मूल्य १ हजार १ सय रुपैयाँले घटेको छ । मंगलबार तोलाको ९० हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो ।

बुधबार छापावाल सुनको मूल्य तोलाको ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ५० रुपैयाँले घटेको छ ।

मंगलबार तोलाको ९० हजार ४ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य बुधबार तोलामा १ हजार ५० रुपैयाँले घटेर ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार तोलाको १ हजार ३ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार २० रुपैयाँले घटेको हो ।

फागुन महिनाको पहिलो र दोस्रो कारोबार दिन (फागुन २ र ३ गते) सामान्य अंकले घटेको सुनको मूल्य ४ गते (मंगलबार भने बढेको थियो । मंगलबार सुनको मूल्य १ सय रुपैयाँले बढेको थियो ।

बुधबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 109 Viewed

प्रतिक्रिया दिनुहोस्