ब’लात्कारपछि ह’त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दा’हसं’स्कार गरिने भएको छ।

भागरथीको मृ’त्यु भएको १७ औँ दिनमा दा’हसं’स्कार गर्न लागिएको हो। यसअघि भागरथीका घरपरिवारले दो’षी पत्ता लगाउनुपर्ने र आवश्यक का’नुनी कार’वाही गर्नुपर्ने माग गर्दै आएको थियो।

प्र’हरीले बुधबार चडेपानीकै एक किशोरलाई आरो’पित भन्दै सार्वजनिक गरेको थियो।

सार्वजनिक गरिएका उनले बुधबारसम्म भागरथीको ह’त्या मात्रै गरेको बताएका थिए तर श’व परी’क्षण रिपोर्टमा भने ब’लात्कारपछि ह’त्या गरिएको उल्लेख गरिएको थियो।

त्यसपछि पनि भागरथीका घरपरिवारले भने ब’लात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म श’व बुझ्न मानेको थिएन।

बिहीबार किशोरका बुवा, अनु’सन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा उनले आफूले नै ब’लात्कारपछि ह’त्या गरेको स्वीकारेका थिए।

ब’लात्कार र ह’त्या आफैँले गरेको उनले स्वी’कार गरिसकेपछि भागरथीका घरपरिवारले श’व बुझ्न मानेको हो।

जिल्ला अस्पतालमा रहेको श’वलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

गोठलापानीबाट बिहान ११ बजे श’वयात्रा शुरु हुने भागरथीका काका शिवराज भट्टले बताए। गोठलापानीबाट सेरासम्म श’वयात्रा हुने र सेरास्थित महाकाली आ’र्यघा’टमा अन्तिम सं’स्कार गरिने भएको हो।

गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतला’स गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा वि’भ’त्स र नि’र्व’स्त्र अवस्थामा श’व फेला परेको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 216 Viewed

प्रतिक्रिया दिनुहोस्