दक्षिण कोरिया सरकारले यहाँ रहेका अवै’धानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वै’धानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका बच्चालाई वै’धानिक तवरले दर्ता गरिने भएको हो ।

यहाँको का’नून मन्त्रालयका अनुसार कुनै पनि बच्चा बालअधिकार तथा सरकारी सुविधाबाट व’ञ्चित नहुन् भन्ने उद्देश्यअनुरुप सो नियम ल्याउन लागिएको हो ।

यहाँका का’नूनमन्त्री पार्क बेओम्कले बाल अधिकारको जगेर्ना, बच्चा बेचबिखन उन्मूलन तथा बच्चाको मानव’अधिकारको रक्षा गर्न यो का’नूनले सहयोग गर्ने बताए । यो का’नून लागू भएपछि ती बच्चाले अनिवार्य शिक्षा तथा खोप कार्यक्रममा समेत सहभागी हुन पाउने उनले बताएका छन् । त्यस्ता बच्चाले बीमालगायत अन्य सरकारी तथा सामाजिक सुविधा पनि प्राप्त गर्नेछन् ।

यदि कुनै विदेशी श्रमिक कोरियामा अवै’धानिक बसोबास गरिरहेका छन् र यही अवधिमा उनीहरूको बच्चा जन्मिएको छ भने बच्चासँगै उनीहरूले पनि वै’धानिकता प्राप्त गर्नेछन् ।

हालसम्म कोरियामा अवै’धानिक बस्ने तथा कोरियालीसँग विवाह गरी आएर पारपाचुके गरी अवै’धानिक विदेशीसँग पुनः विवाह गर्ने महिलाबाट जन्मिएको बच्चाले कानूनी मान्यता प्राप्त नगर्ने व्यवस्था थियो । कोरियामा हालसम्म यस्तै तवरले जन्मिएर दर्ता नभएका करिब २० हजार बढी बच्चा भएको अनुमान छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 271 Viewed

प्रतिक्रिया दिनुहोस्