नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको ह’त्यामा दो’षी ठ’हर भई जे’ल स’जाय भोगिरहेका तीनजनालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी स’जाय मि’नाह गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडरीले प्रजातन्त्र दिवस (फागुन ७ गते) का अवसरमा पाँच सय भन्दा बढी कैदीब’न्दीको बाँकी कै’द स’जाय मा’फी मि’नाह दिएकी हुन् ।

मन्त्रिपरिषद्को‌ सिफारिसमा ४०१ कै’दीको बाँकी कै’द मिनाह तथा १७९ जनाको भुक्तान हुन बाँकी कै’दमा छुट दिइएको हो ।

छुट पाउनेमा २०६८ सालको पुसमा जिल्ला का’रागार चितवनभित्र तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको ह’त्यामा संलग्न फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी पनि छन् ।

सरकारको सिफारिसमा आम मा’फी पाउने तीनैजना नेकपाको ओली खेमा समर्थक हुन् ।

तत्कालीन अध्यक्ष पौडेलको ह’त्यारालाई कै’द मि’नाहा गरिने भएपछि तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले वि’ज्ञप्ति जारी गरेर त्यसको नि’न्दा गरेका छन् ।

वि’ज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खि’ल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कै’द मि’नाह गरी उनीहरुलाई आममा’फी दिइएको प्रति नेपाल तरुण दल गम्भीर आ’पत्ति जनाउँदै उक्त कार्यको घो’र नि’न्दा एवम् भ’र्त्सना गर्दछ ।’

वि’ज्ञप्तिमा अघि भनिएको छ, ‘जे’ल भित्रै ह’त्या जस्तो अ’क्षम्य र ग’म्भीर अप’राध गर्ने अप’राधीहरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम मा’फी दिनु देशमा ह’त्या, हिं’सा जस्ता दान’वीय प्र’वृतिको ढाक’छोप गर्ने र अवा’न्छित कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रति दिन बढ्दै गइरहेको प्रष्ट भएको छ ।’

यसको वि’रोधमा वि’रोधका कार्यक्रम गरिने पनि तरुण दलले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 433 Viewed

प्रतिक्रिया दिनुहोस्