साताको पहिलो दिन आईतबार आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ८०० रुपैयाँले र चाँदी २५ रुपैयाँले बृद्धि भएको छ ।

आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य ८७ हजार ७५० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा २५ रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३०५ कायम भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 74 Viewed

प्रतिक्रिया दिनुहोस्