उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं उनका प्रे’स सल्लाहकार विश्वदीप पाण्डेका अनुसार भट्टराई आज बिहान ९ बजे नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा भर्ना भएका हुन् ।

सोमबार अस्पतालका वरिष्ठ चिकित्सक डा। विक्रम भाटियाले भट्टराईको प्रार’म्भिक परी’क्षण गरेका थिए । भट्टराईले यसअघि ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारकै क्रममा भट्टराईलाई न्यूरो–इण्डोक्राइनमा ट्युमर पलाएको आशं’का गरिएको छ ।

लामो समयदेखि पेटको सम’स्या पी’डित भट्टराई थप उपचारका लागि आइतबार नयाँदिल्ली आएका हुन् । उनको साथमा श्रीमती हिसिला यमी र प्रे’स सल्ला’हकार विश्वदीप पाण्डे समेत छन् । उनीहरु सबै जना दिल्लीस्थित नेपाली दूता’वासमै बसेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 91 Viewed

प्रतिक्रिया दिनुहोस्