मिति २०७७।११।१० गते अन्दाजी १०:०० बजेको समयमा जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं ३ पाउँदुरकोट स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३२ महकुना बस्ने बर्ष ५८ को जुम बहादुर कामीको घरको भर्‍याङबाट लडी मृ’त्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ यस जिल्ला प्र’हरी कार्यालय मातहत ईलाका प्र’हरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट प्र’हरी अधिकृत समेतको अनु’सन्धान टोली खटिई गई घ’टनाको विषयमा बुझ्दै जाँदा मिति २०७७।११।०९ गतेको राती मृ’तकको बाबु छोरा बिच बि’वाद भई झ’गडा हुँदा मृ’तकको छोरा बर्ष ३४ को रामकृष्ण कामीले चारपाटे काठको अग्लोले प्र’हार गर्दा मृ’त्यु भएको खुल्न आएको हुँदा निज प्रतिवादी रामकृष्ण कामीलाई प’क्राउ गरी थप अनु’सन्धान प्रकृया अगाडी बढाईएको छ ।
प’क्राउ व्यक्तिको विवरण :-
नामथर:- रामकृष्ण कामी
वतन:- जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं ३ पाउँदुरकोट
स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३२ महकुना
उमेर:- ३४ बर्ष
प’क्राउ मिति:- २०७७।११।१० गते ।
प’क्राउ स्थान:- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं- ३२ महकुना

बरामद सामान :
र’गत जस्तो रातो पदा’र्थ लागेको काठको चारपा’टे अग्लो (ढोका लगाउन प्रयोग हुने काठ)

निजलाई कर्तव्य ज्यान मु’द्धामा मु’द्धा दर्ता गरी सम्मानित कास्की जिल्ला अदालतबाट दिन (१०) दश म्याद थप गरी अनु’सन्धान भईरहेको कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता/ सुचना अधिकारी प्र.ना.उ. सुवास हमालले जानकारी दिएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 136 Viewed

प्रतिक्रिया दिनुहोस्