एएफपी । इक्वेडरमा मङ्गलबार तीन ओटा जे’लमा भएको दङ्गामा परी कम्तीमा ७५ व्यक्तिको मृ’त्यु हुनुको साथै अन्य कैयौ घा’इते भएका प्र’हरी स्रोतले जनाएको छ।

पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जे’लमा २१ जनााको मृ’त्यु भएको छ।

यस्तै गरी अर्को एक जे’लमा ३३ जना र तेस्रो जे’लमा २९ जनाको मृ’त्यु भएको जनाइएको छ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा तीन ओटा जे’लमा एकसाथ भएको यस हिं’सामा आप’राधिक संगठनको हात रहेको आ’रोप लगाउनु भएको छ।

जेलमा पुनः नियन्त्रणको लागि प्र’हरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताउनु भएको छ।

उक्त विद्रो’ह रोक्न प्र’हरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले थप जानकारी दिएका छन।

मानवअधिकारवादी संस्थाले यसलाई हिं’सालाई ‘अभूतपूर्व नर’संहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ।

गत वर्ष पनि कै’दीको वि’वादमा ५१ व्यक्तिको मृ’त्यु भएको थियो।

गतवर्ष देशका अप’राधी गिरोहको गतिविधि नियन्त्रण र हिं’सा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए।

गत डिसेम्बरमा पनि जे’ल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घा’इते भएका थिए।

अन्तिम पटक अध्यावधिक गरिएको 59 Viewed

प्रतिक्रिया दिनुहोस्