मानिसहरु काममा जान खुबै रुचाउँछन्। किनभने काम गरेबापत पाएको तलबले घर खर्च टर्छ।

तर अमेरिकाको एउटा फ्याक्ट्रीमा काम गर्ने १९ वर्षका किशोरलाई काममा जान मन नलागेपछि उनले आफू अपह’रणमा परेको नाटक गरेका छन्।

उनले कामबाट केही समयको लागि छुट्टी पाउन अपह’रणमा परेको नाटक गरेको डेलीमेलले जनाएको छ।

खबरका अनुसार ब्रान्डन साल्स नाम गरेका किशोरले मुखमा कपडा ठोसेर साथै आफ्नो हात आफैँले बाँधेर अपह’रणमा परेको नाटक गरेका हुन्।

यसरी हात बाँधिएको अवस्थामा भेटिएको खबर कम्पनीले थाहा पाएपछि उनले केहीदिन छुट्टी हुने अपेक्षा गरेका थिए।

प्रत्यक्षदर्शीले उनलाई ल’डेको अवस्थामा देखेपछि प्र’हरीलाई खबर गरेका थिए। उनले प्र’हरीलाई दुई व्यक्तिले अपह’रण गरेको बताएका थिए।

तर अनु’सन्धानमा ब्रान्डनको भनाइ गलत ठ’हरियो।

छुट्टी पाउनका लागि उनी आफैंले नाटक मन्चन गरेको थाहा पाएपछि कम्पनीले यतिबेला ब्रान्डनलाई कामबाट समेत हटाइदिएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 73 Viewed

प्रतिक्रिया दिनुहोस्