नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ८९ हजार ८ सय रुपैयाँ थियो ।

बिहीबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँ थियो ।

साप्ताहिक कारोबारको पहिलो दिन (फागुन ९ गते, आइतबार) बढेको सुनको मूल्य त्यसपछि सोमबार यथावत रह्यो भने मंगलबार बढेको थियो । मंगलबार तोलामा १ हजार १ सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य ९० हजार १ सय रुपैयाँ प्रतितोला पुगेको थियो ।

मंगलबार ९० हजारको आंकडा पार गरेको सु्नको मूल्य बुधबार भने पुनः ओरालो लाग्यो । बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको थियो ।

बिहीबार नेपाली बजारमा चाँदीको मूल्य भने बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । बुधबार तोलाको १ हजार ३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार १ हजार ३ सय ५५ पुगेको महासंघले जानकारी दिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 165 Viewed

प्रतिक्रिया दिनुहोस्