
डोटी जिल्लाको जंगलमा लागेको आगो नि’भाउन खोज्दा ज’लेर एक जनाको मृ’त्यु भएको छ ।
डोटीको शिखर नगरपालिका– ७ बयरकोट घर भएका ६५ वर्षीय लक्षुवा भुलको आगो निभा’उने क्रममा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय डोटीले जानकारी दिएको छ ।
सोही गाउँमा रहेको सिल्य खोला डाँडाको जंगलमा लागेको आगो निभा’उने क्रममा बिहीबार बेलुका घा’इते भएका भुललाई उपचारको लागि सुजङ अस्पताल राजपुरमा लगिएको थियो ।
उपचारकै क्रममा राति नै उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
भुलको दुवै खुट्टाको घुँडाको छाला जलेर निस्केको, दुवै हत्केलाको पछाडि, टाउको, निधार र मुखमा समेत जलेको अवस्थामा थियो ।
मृत’क भुलको श’वलाई पो’स्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको प्रहरीले जनाएको छ ।
तस्वीर– प्रतिकात्मक