आईपीओको नतिजा हेर्न गतिलो वेवसाइट नभएको गुनासो आएपछि नियामक निकायले छुट्टै वेवसाइट सुरु गरेको छ।

अब लगानीकर्ताहरुले आईपीको नतिजा सार्वजनिक भएपछि छिट्टै हेर्नसक्नेछन।

निजी अनलाइन संचारमाध्यमहरुलाई सार्वजनिक निश्कासन भएका सेयरको नतिजा प्रकाशनमा रोक लगाएको सिडिएस एण्ड क्लियरिंग लिमीटेडले छुट्टै वेब पोर्टल तयार गरेको हो।

सिडिएससीले यसअघि आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट तथा मेरो सेयरबाट नतिजा हेर्न मिल्ने जनाएको थियो।

उक्त ठाउँमा अत्यधिक ट्राफिक हुँदा सर्भरले काम नगरेपछि लगानीकर्ताले गरेको गुनसोपछि सीडीएसी डट कम डट एनपी (iporesult.cdsc.com.np) नामको छुट्टै वेबपोर्टल तयार भएको जानकारी दिएको छ।

नयाँ वेब पोर्टल छिटो, छरितो र सुरक्षित रहेको र एकसाथ धेरै लगानीकर्ताले समेत प्रयोग गर्न मिल्ने उच्च क्षमताको रहेको सिडिएससीको दाबी छ।

अन्तिम पटक अध्यावधिक गरिएको 237 Viewed

प्रतिक्रिया दिनुहोस्