
पोखरा १५ फाल्गुन
“स्वास्थ्यको लागि खेलकुद, युवा एकताको लागि खेलकुद ” भन्ने मुल उद्घोषका साथ पोखराको लेकसाईडमा शनिबार लेकसाईड एरेना एमेच्युअर फुटसल कप -२०७७ सम्पन्न भएको छ। लेकसाईड एरेना फुटसल द्वारा आयोजित उक्त खेलमा २४ ओटा क्लबको सहभागिता रहेको थियो।
सोही दिनमै भएको फाइनल खेलमा लेकसाईडकै वल्ड ट्राफ्फोर्ड ले प्रथम स्थान हात पार्न सफल भएको छ भने पोखरा फुलबारिमा अवस्थित मयुर न्युज टाईम्स उप बिजेताको रुपमा रहन पुगेको छ। बेस्ट गोलकिपिङमा वल्ड ट्राफ्फोर्ड का बिराज श्रेस्ठ, बेस्ट प्लेयरमा बिनम गुरुङ रहेका थिए ।
समाजसेवी एबम खेलप्रेमी हरि बस्ताकोटी को मुख्य प्रायोजनमा रहेको सो खेलमा पोखरा ६ लगायत अन्य दाताहरुले प्रायोजन गरेका थिए। विषम पहारी को सभापतित्वमा सम्पन्न एक दिने टुर्नामेन्टमा उद्घाटन शत्रमा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नंबर ६ का वडा अध्यक्ष जगत बहादुर पहारी रहनु भएको थियो भने समापन कार्यक्रममा प्रमुख अतिथी गन्डकी प्रदेशका प्रदेश सांसद माननीय राजिब गुरुङ रहनु भएको थियो।
युवालाई खेल क्षेत्रमा सक्रियता गराई खेलप्रती आगामी पुस्ता लाई थप प्रोत्साहन गर्न सके राज्यको गरिमा बढ्ने मात्र नभै अन्तरास्ट्रिय स्तरमा देशलाई चिनाउन सकिने धारणा राख्नु भएको थियो। खेललाई मर्यादित र सौहार्द बनाउन विशेष भुमिकामा विशाल गिरि ” बिकु” रहेका थिए भने कार्यक्रमको संचालन तुलसी दाहालले गरेका थिए।