अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी यतिबेला माल्दिभ्समा छन्। उनीहरू प्रियंकाको जन्मदिन र आफ्नो विवाहको पहिलो एनिभर्सरी मनाउन माल्दिभ्स पुगेका हुन्।

प्रियंका शनिबारदेखि ३४ वर्ष लागेकी छन्। प्रियंकालाई उनका शुभचिन्तकदेखि सेलिब्रेटीहरूले समेत जन्मदिनको शुभकामना दिँदै इन्स्टाग्राम तथा सामाजिक सञ्जालहरूमा पोस्ट गरेका छन्।

यस्तैमा उनका श्रीमान तथा अभिनेता आयुष्मान देशराज जोशीले पनि आफ्नो र प्रियंकाको फोटो सेयर गर्दै इन्स्टाग्राममा लेखेका छन्, ‘धेरै माया। जन्मदिनको शुभकामना। हाम्रो विवाह भएको पनि एक वर्ष भएछ है?’

गत वर्ष फागुन १६ मा वैवाहिक सम्बन्धमा बाँधिएको यो जोडी कोरोना महामारीका कारण हनिमुन मनाउन गएका थिएनन्। यसपालि भने प्रियंकाको जन्मदिनसँगै हनिमुन मनाउन उनीहरू माल्दिभ्स पुगे। आयुष्मानले क्याप्सनमा थप लेखेका छन्, ‘एक वर्ष भयो। सधैंको लागि एक साथ हुनेछौं।’

प्रियंका र आयुष्मानले एक अर्कासँगको फोटो पोस्ट गर्दै प्रेमिल शब्दहरूमा आफ्नो माया व्यक्त गरेका छन्। उनीहरूले माल्दिभ्सको ‘मर्क्युर माल्दिभ्स कोड्डो रिसोर्ट’मा खिचाएका केही फोटा इन्स्टाग्राममा पोस्ट गरेका छन्। जसमा दुवै निकै खुशी र रोमान्टिक देखिन्छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 318 Viewed

प्रतिक्रिया दिनुहोस्