प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउने नेपाल विद्यार्थी संघ(नेविसंघ) का विद्यार्थीहरु प’क्राउ परेका छन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ताहरुलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघका विद्यार्थीहरुले नदिपुरमा कालो झण्डा देखाएका थिए । सो क्रममा नेविसंघका विद्यार्थी नेताहरु प्रताप बाँनिया, असिम सुवेदी, सन्देश ठकुरी र रमेश चन्द जैसीलाई प्रहरीले प’क्राउ परेका हुन् ।

नेविसंघले सोमवार एक वि’ज्ञप्ति जारी गर्दै प’क्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रि’हाइको माग गरेको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रमस्थलबाटै नियन्त्रणमा परेका नसिब गुरुङलाई तत्काल रि’हाइ गर्न नेविसंघले माग गरेको छ ।

अध्यक्ष राजिव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको धज्जी उडाउँदै प्रति’गमनको मतियार बन्न खोजेको आ’रोप लगाएका छन् ।

गिर’फ्तार गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रि’हाइ नगरिए आ’न्दोलनको आँ’धि बेह’री ल्याउँने बाध्य हुने नेविसंघले चे’तावनी दिएको छ ।
“गिर’फ्तार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरुलाई तत्काल रि’हाइ गर्न गृह प्रशासनसँग जोडदार माग गर्दछौँ । विद्यार्थी नेताहरुलाई तत्काल रि’हा नगरे आ’न्दोलनको आँ’धि बे’हरी सिर्जना गर्न बा’ध्य हुनेछौँ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 260 Viewed

प्रतिक्रिया दिनुहोस्