धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री घुस लिएको रकम बाटोमा फालेर फरार भएका छन् ।

अध्यक्ष क्षेत्री भागेपछि उनका चालक र गाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

भवन निर्माण सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग अध्यक्ष क्षेत्रीले घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट टोलीले उनलाई पछ्याएको थियो ।

अध्यक्ष क्षेत्री प्र २.०२.००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा ८ लाख रुपैयाँ अतिरिक्त रकम लिई गइरहेका थिए ।

अख्तियारको टोलीले पछ्याएपछि जिल्ला धनुषा छिरेश्वर नगरपालिका वडा नं ५ को बाटो छेउमा फालेर अध्यक्ष क्षेत्री फरार भएका थिए ।

अध्यक्ष भागेपछि चालक वीरबहादुर मगरलाई वटेश्वर गापावडा नं ४ बाट सोमबार नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 171 Viewed

प्रतिक्रिया दिनुहोस्