
इंग्लिस प्रिमियर लिग अन्तर्गत मगलबार राती भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ ।
लिग अन्तर्गत गए रातीको खेलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई ४–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा सिटीले तीन गोल गर्यो भने एक गोल उपहारमा पायो ।
१५ औँ मिनेटमा वुल्भ्सका डेन्डन्करले गरेको आत्मघाति गोलबाट सिटीले अग्रता लियो ।
उसका लागि गाब्रियल जिससले दुई तथा रियाद महरेजले एक गोल गरे ।