प्रतिनिधि सभा बैठक आह्वान भएपछि सभामुख, मन्त्रीहरू र सांसदका लागि कोरोनाविरूद्ध खोप लगाइने भएको छ ।

सिभिल अस्पताल नयाँ बानेश्वरमा आज विहान १० बजेबाट उनीहरुलाई कोरोनाविरूद्ध खोप दिने तयारी रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतलाई कोरोनाविरूद्ध खोप दिएको थियो। भारत सरकारले अनुदानमा १० लाख डोज खोप दिएको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 51 Viewed

प्रतिक्रिया दिनुहोस्