विप्लव नेतृत्वका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सहिदको सपना पुरा गर्न आफूहरु बलिदानी दिन तयार रहेको बताएका छन्।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच शुक्रबार राष्ट्रिय सभागृहमा भएको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले ‘आफूहरु बरु बलिदानी दिन तयार रहेको तर सहिदका सपना मर्न नदिने’ प्रतिवद्धता जनाएका हुन्।

महासचिव विप्लवले आज काठमाडौं आउनुअघि नवलपरासीमा सहिद परिवारसँग भेटघाट गर्ने क्रममा सहिदकी आमाले भनेको कुरा उदृत गर्दै भने, ‘यहाँ धेरैका सपना पुरा भए। तर सहिदका सपना पुरा भएको छैन। जनताको सपना पुरा भएको छैन। त्यसैले सहमतिमा हस्ताक्षर गर्दा हामीलाई सम्झेर हस्ताक्षर गर्नुहोला।’

विप्लवले अहिले देशैभरी सहिद सप्ताह मनाइरहेको उल्लेख गर्दै जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलदेखि झापा आन्दोलनका क्रममा सुखानीको जंगलमा मारिएका पाँच जना सहिदहरुको स्मरण गरे।

अन्तिम पटक अध्यावधिक गरिएको 92 Viewed

प्रतिक्रिया दिनुहोस्