संसारमा विश्वासले भगवानको पूजा गरिन्छ । विश्वासले नै ढुङ्गालाई भगवान ठानेर पुजा गरिन्छ । मन्दिर र धार्मिक स्थलहरुमा विश्वासले नै भगवानलाई केही मागिन्छ । ती मागेका सबैमा केही पुरा हुन्छन्, त केही अधुरा । मागेका कुरा पुरा गर्ने संखुवासभाको पाथिभरा ।

पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । संखुवासभाको चर्चित धार्मिक स्थलहरु मध्ये पाथिभरा भगवतीको मन्दिर एक हो । जिल्लाको पुर्वमा पर्ने धर्मदेवी नगरपालिका १ मा पाथिभराको मन्दिर चर्चित पर्यटकिय स्थल तीनजुरे जलजले मिल्केको परिसरमा अवस्थित छ । पूर्वी ताप्लेजुङ जिल्लामा पाथिभराको उत्पति भएको हो । यसलाई ठूलो पाथिभरा भन्ने गरिएको छ । तर जलजले मिल्केबाट ताप्लेजुङको पाथिभरा देखिने भएकाले मागेको कुरा पुग्ने विश्वासले यहाँ पनि पाथिभराको स्थापना गरिएको पुजारी नवराज खनालले बताए ।

छिमेकी जिल्ला तेह्रथुम सिमानामा पर्ने यो मन्दिर २०५३ सालमा २,९२० मीटरको उचाइमा स्थापना गरिएको हो । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम पाथीभरा देवी भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।

सदरमुकाम खाँदबारीबाट ८७ किलोमिटर पूर्वमा टुटे दुउराली पुगिन्छ । यो जोगवनी–किमाथांका कोशी राजमार्गको खाँदबारी–टुटे देउराली सडक खण्ड हो । जहाँबाट २० मिनेटको गाडीको यात्राले पाथिभरा भगवती मन्दिर पुग्ने पहिलो खुड्कीलो पुगिन्छ । उक्त खुड्कीलाबाट हजार खुड्किला पार गरेपछि पाथिभरा मन्दिर पुगिन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 199 Viewed

प्रतिक्रिया दिनुहोस्