प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको खोप लगाएका हुन् ।

जदेखि कोरोना विरुद्धको खोप अभियान शुरु हुन लागेको ‘अवसर’मा प्रधानमन्त्रीले पनि त्रिवि शिक्षण अस्पतालमा खोप लगाउन गएका थिए । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित शिक्षण अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री ओलीले आइतबार कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन् ।

संघीय संसदको प्रतिनिधि सभा बैठक अगाडि बुधबारदेखि नै सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित सरकारका मन्त्री तथा सांसदहरुलाई खोप लगाउन शुरु गरिएको थियो ।

बुधबार सभामुखसहित दलका शीर्ष नेताहरुले खोप लगाइसकेका छन् भने केही मन्त्री र प्रधानमन्त्रीले खोप लगाएका छन् ।

आजैदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि खोप लगाउन शुरु गरिएको छ । हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्ष माथिका नागरिकलाई पनि खोप प्रदान गरिने छ ।

दोस्रो चरणको खोप अभियान देशभरका ६ हजार खोप केन्द्रबाट सञ्चालन गरिने छ ।

भारत सरकारको अनुदानमा कोरोनाविरुद्धको खोप (कोभिसिल्ड) प्राप्त भएपछि गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो च रणमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको जनाइएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 71 Viewed

प्रतिक्रिया दिनुहोस्