नेपाली बजारमा केहिदिन यता निरन्तर घटेकाे सुनकाे मूल्य आइतबार भने बढेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला ५०० रुपैंयाले बढेको हाे ।

शुक्रबार प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोालामा ५०० रुपैंयाले बढेर ८६ हजार १०० रुपैैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य पनि घटेर ८५ हजार ६५० रुपैंया कायम भएकाे छ । शुक्रबार तेजावी सुन प्रतिताेला ८५ हजार १५० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 199 Viewed

प्रतिक्रिया दिनुहोस्