पोखरामा आईतबार बिहान एक युवा छतबाट खसेर घाइते भएका छन् ।

पोखरा -७ मासबारस्थित उदय अधिकारीको १ तले घरमा काठको काम गर्ने क्रममा पर्सा जिल्ला घर भई हाल पोखरा-९ प्रगती टोलमा बस्दै आएका १८ वर्षका समीर मियाँ छतबाट खसेर घाइते भएका हुन् । घाइते मियाँलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा मियाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

उक्त घटनाको बारेमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्ररही कार्यालय पोखराले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 309 Viewed

प्रतिक्रिया दिनुहोस्