माइक्रो ब्लगिङका लागि विश्व चर्चित एप ट्विटरले चाँडै नायँ फिचर ल्याउने भएको छ।

ट्विटरका लाखौं प्रयोगकर्ताले ट्विटरमा ‘इडिट’ फिचर्स ल्याउनुपर्ने माग गरिरहँदा ट्विटरले भने ट्विट ‘अनसेन्ड’ गर्न सकिने फिचर ल्याउन लागेको हो।

ट्विट गरेको ३० सेकेन्डसम्म उक्त ट्विटमा ‘अन्डु सेन्ड’ अप्सन देखिने बताइएको छ। सो बटनमा क्लिक गरिए उक्त ट्विट पोस्ट हुनेछैन।

यस्तै किसिमको सुविधा यसअघि जिमेलले दिइसकेको छ। जिमेलबाट मेल सेन्ड गरिसकेपछि त्यहीँनेर अनसेन्ड अप्सन दिइएको हुन्छ। बिजनेस इन्साइडर

अन्तिम पटक अध्यावधिक गरिएको 68 Viewed

प्रतिक्रिया दिनुहोस्