पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अव’रुद्ध भएको छ । आज दिउँसो आएको हावाहुरीसहितको वर्षाले रुख ढा’ल्दा राजमार्ग अवरुद्ध भएको हो ।

साना सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । रुख पन्छाएर राजमार्ग सञ्चालन गराउनका लागि बेलचौताराबाट एस्काभेटर मगाइएको र करीब आधा घण्टामा राजमार्ग सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 214 Viewed

प्रतिक्रिया दिनुहोस्