धनुषाको जनकपुरधामस्थित आन्तरिक राजश्व कार्यालयका कर अधिकृतसहित २ जना १ लाख ५० हजार रुपैयाँ घु’ससहित प’क्राउ परेका छन् ।
प’क्राउ पर्नेमा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत रमेश ढकाल र आरएन मेनेजमेन्ट कन्सल्टेन्सीका प्रोप्राइटर नविन कुमार कर्ण छन् ।
पूर्व सूचनाको आधारमा अख्तियार दु’रुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई प’क्राउ गरेको हो ।
अख्तियारका अनुसार कर अधिकृत ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गरिदिने भनेर १ लाख ५० हजार रुपैयाँ घु’स मागेका थिए ।
उनले उक्त घु’स रकम उठाउनका लागि आरएन मेनेजमेन्ट कन्सल्टेन्सीका प्रोप्राइटर नविन कुमारलाई परिचालन गरेका थिए ।
कर अधिकृत ढकालले अह्राएबमोजिम घु’स लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नविन कुमारलाई प’क्राउ गरेको हो । नविन कुमारलाई जनकपुरस्थित अन्नपूर्ण होटलबाट प’क्राउ गरेको हो । कर अधिकृत ढकाललाई भने धनुषा स्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट प’क्राउ गरिएको हो ।
प’क्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 181 Viewed

प्रतिक्रिया दिनुहोस्