पालको नम्बर एक गायन रियालिटी सो ओप्पो प्रिजेन्टस् ‘दि भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ ।

हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् ।

डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् ।

‘ब्लाइन्ड अडिसन’मा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक भ्वाइसको टीमले कोचमा सामान्य परिवर्तन गरेको छ । टीममा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् । यसअघि दर्शकको मन जित्न सफल लोकप्रिय कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइनेछ ।

हिमालय टेलिभिजनले बिश्वका नम्बर एक रियालिटी शोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । ‘डान्सिङ विथ दि स्टार नेपाल’ हालै सफल प्रसारण गरेको टेलिभिजनले छिटै ‘भ्वाइस अफ नेपाल किड्स’ र बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ पनि यसै बर्षभित्र प्रसारण गर्ने तयारी गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 164 Viewed

प्रतिक्रिया दिनुहोस्