काठमाडौंबाट ३६ अर्ब रुपैयाँ बराबरको युरे’नियमसहित ४ जना प’क्राउ परेका छन्।

बिहीबार प्रहरीले २ किलो युरे’नियमसहित ४ जनालाई प’क्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील सिंह राठौरले जानकारी दिए।

युरे’नियमको गैरकानुनी कारोबार भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालयको विशेष टोलीले टुसाल–२ बौद्धबाट प’क्राउ गरेको हो।

प’क्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी ५ का ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का २० वर्षीय मनोज न्यौपाने रहेका छन्।

अमेरिकाको ऊर्जा मन्त्रालयका अनुसार १ किलो शुद्ध युरेनियमको मूल्य करिब १८ अर्ब रुपैयाँ पर्छ।

अन्तिम पटक अध्यावधिक गरिएको 194 Viewed

प्रतिक्रिया दिनुहोस्