भोजपुर । मिलको फित्तामा सल बेरिएर यहाँ एक महिलाको मृ’त्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घा’इते भई उपचाररत रहँदा मृ’त्यु भएको हो ।

शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा घा’इते भएकामा उपचारका क्रममा स्थानीय सङ्गीता मेडिकल ओख्रेमा गए राति साढे ९ बजे मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श’व परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइँदै गरेको भोजपुर प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 119 Viewed

प्रतिक्रिया दिनुहोस्