
बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्ना श्रीमान निक जोनसलाई लाइभ सेसनमै चुम्बन गरेको भिडिओ यतिबेला निकै भाइरल भएको छ।
भिडिओमा देखिएअनुसार निक आफ्ना फ्यानहरुसँग कुराकानी गरिरहेका हुन्छन्। त्यतिकैमा प्रियंका भिडिओमा देखा पर्छिन् र निकलाई चुम्बन गरेर बाहिर निस्कन्छिन्।
प्रियंकाले चुम्बन गरेपछि निकले जे भने त्यो विषयलाई यतिबेला मानिसहरुले मन पराइरहेका हुन्।
हालैमात्र निकको नयाँ एल्बम स्पेसम्यान रिलिज भएको छ।
निक यतिबेला आफ्नो सोही एल्बम प्रमोसन गरिरहेका हुन्। सोही क्रममा उनी इन्स्टाग्राममा आफ्ना फ्यानहरुसँग च्याटमा बोलिरहँदा भिडिओमा प्रियंका देखा परेकी हुन्।
प्रियंकाले चुम्बन गरिसकेपछि निकले भनेका छन्,‘प्रियंका नयाँ एल्बमको लागि मात्र होइन मेरो जीवनकै प्रेरणा हुन्।’
यसरी श्रीमतीको विषयमा मन खोलेर प्रशंसा गरेपछि मानिसहरुले उनलाई असल श्रीमान भनिरहेका छन्।
सबै पुरुष निकजस्तै आफ्नी श्रीमतीलाई माया गर्ने र सम्मान गर्ने खालको हुनुपर्ने भनेर मानिसहरुले प्रतिक्रिया जनाइरहेका छन्।
प्रियंका अहिले ३८ वर्षकी भइन्, निक भने प्रियंका भन्दा १० वर्ष कान्छा हुन्। उनीहरु दुवैले सन् २०१८ मा विवाह गरेका हुन्।