पोखरा बागलुङ सडक खण्डमा मंगलबार सवारी दुर्घटना हुँदा दुई युवक गम्भीर घाइते भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका – ५ नयाँ पुल स्थित पोखरा बागलुङ सडक खण्डमा काँडेतर्फ जाँदै गरेको ग१ज ६९५० नं. को जिप र विपरीत दिशाबाट आउँदै गरेको ध२प १११९ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई युवक घाइते भएका छन्।

दुर्घटनामा तनहुँ जिल्ला घर भई कास्की अन्नपूर्ण गाउँपालिका ५ नयाँ पुलमा डेरा गरी बस्ने १८ वर्षीय महमद समिन र मोटरसाइकल पछाडि सवार अन्नपूर्ण -६ हाइजुङका १७ वर्षीय विश्व नेपाली गम्भीर घाइते भएका हुन्। घाइते दुवैको गम्भीर अवस्थामा मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ।

उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 123 Viewed

प्रतिक्रिया दिनुहोस्