नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य सम्बन्धमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका गलत सूचना/समाचारप्रति उनको परिवारले ग’म्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नर्भिक अस्पतालमा उपचाररत नेता जोशीका स्वास्थ्यबारे भ्रमपूर्ण खबर सार्वजनिक भएपछि उनको परिवारले वक्तव्य जारी गरी नि’धनजस्तो अति सं’वदेनशील विषयमा अनुमानका भरमा सूचना सम्प्रेषण नगर्न सम्बन्धित सबैमा अनुरोध गरेको हो।

‘नेपाली कांग्रेसका नेता श्री नविन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरूप्रति हाम्रो ग’म्भीर ध्यानाकर्षण भएको छ। उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरूमा कुनै सत्यता नरहेको प्रस्ट पार्न चाहन्छौं,’ जोशीको परिवारले भनेको छ, ‘कुनै पनि व्यक्तिको नि’धनजस्तो अति सं’वेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनु हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ।’

अन्तिम पटक अध्यावधिक गरिएको 126 Viewed

प्रतिक्रिया दिनुहोस्