अफ्रिकी देश नाइजरमा ब’न्दुकधा’रीको आ’क्रमणबाट कम्तीमा ५८ जनाको ज्या’न गएको छ । मालीसँगको सीमा क्षेत्रमा हिजो मंगलबार भएको आ’क्रमणमा ५८ जना मा’रिएका नाइजर सरकारले जनाएको हो ।

बीबीसीका अनुसार तिलाबेरी क्षेत्रको बजारबाट चार वटा गाडीमा आउँदै गरेका नागरिकलाई लक्षित गरी ब’न्दुकधा’रीले अन्धाधुन्ध गो’ली चलाएका थिए । आ’क्रमणको कुनै पनि समूहले जिम्मेवारी नलिएको खबरमा उल्लेख छ ।

नाइजरमा अहिले दुई वटा वि’द्रो’ही समूह सक्रिय रहेका छन् । पश्चिममा माली र बुर्किना फा’सो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय रहेको बीबीसीले उल्लेख गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 106 Viewed

प्रतिक्रिया दिनुहोस्