प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार हिँडेका नेपाल–खनाल पक्षका सांसदहरु बीचबाटोबाटै फर्किएका छन्।

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन हिँडेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसद सिंहदरबारबाटै फर्किएका हुन्।

बिहीबार बिहान राष्ट्रिय सानेपास्थित राष्ट्रिय कार्यकर्ता भेलास्थलमा भएको छलफलमा स्थायी समिति सदस्यबाहेकका सांसदहरु संसदीय दलको बैठकमा सहभागी हुने सहमति भएको थियो।

सहमतिपछि स्थायी समिति सदस्यबाहेकका सांसदहरु बैठकका लागि बालुवाटार हिँडे पनि सिंहदरबार पुगेर फर्किएको सांसद गणेश पहाडीले बताए।

‘हामी हेरिटेज गार्डेनबाट संसदीय दलको बैठकमा सहभागी हुनको लागि तीन÷ चारवटा गाडीबाट सिंहदरबारसम्म पुगेका थियौं’, सांसद पहाडीले भने, ‘त्यहाँबाट हामी फेरि हेरिटेज गार्डेन नै फर्कियौं।’

उनले के कारणले फर्किएको भन्ने बारेमा केही खुलाएनन्।

अन्तिम पटक अध्यावधिक गरिएको 103 Viewed

प्रतिक्रिया दिनुहोस्