
पोखराको लेखनाथमा खास्टे ताल महोत्सव हुने भएको छ ।
‘खास्टे न्यूरेनी जाँउ तालमा रमाऔँ’ भन्ने मुल नाराका साथ पोखरा २६ लेखनाथमा यहि चैत्र १२ देखि २२ गतेसम्म प्रथम खास्टे ताल महोत्सवको आयोजना गरिएको छ । कोरना भाइरसका कारण स्थानिय स्तरमा कुनै पनि मेला महोत्सव नभएको र आन्तरिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने भएकाले न्यूरेनीताल किरानाको खरानेफाँटमा महोत्सवको आयोजना गरिएको खास्टे तथा न्युरेनी ताल संरक्षण समितिका अध्यक्ष हरि प्रसाद अधिकारीले बताए ।
