रेखा पौडेल
७ चैत २०७७ । पोखरा

पोखरामा यही चैत ११ देखि १४ गतेसम्म तेश्रो सिर्जना कप कास्की जिल्ला सामुदायिक बिद्यालय स्तरिय छात्ररछात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखराको सृजना विकास केन्द्र र कास्की जिल्ला भलिवल संघको आयोजनामा पोखरा रंगशालाको भलिवल ट्रेनिङ सेन्टरमा उत्त प्रतियोगिता हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना हुने प्रतियोगितामा करिब ५० टिमको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको संघका अध्यक्ष भिम पराजुलीले बताए । लुकेर रहेका प्रतिभाको प्रतिभा उजागर हुने र यसबाट राम्रा खेलाडी उत्पादन हुने एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुने आफुहरुले विश्वास लिएको उनले जनाए ।

प्रतियोगिताका बिजेता छात्र तथा छात्राको टिमलाई जनही ७०\७० हजार, उपबिजेतालाई जनही ३५\३५ हजार र तेश्रो हुनेलाई २०\२० हजारको साथमा शिल्ड, मेडलप्रमाण पत्र वितरण गरिने भएको पराजुलीले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुने छात्ररछात्रालाई जनही ५र५ हजार प्रदान गरिने भएको केन्द्रका अध्यक्ष इन्द्र पौडेलले बताए । प्रतियोगिता सम्पन्न करिब १० लाख खर्च लाग्ने भएको उनले जनाए । नेपालको राष्ट्रिय खेल भलिवल भएकोले भलिवल खेलको प्रबद्र्धन गर्न केन्द्रले सहयोग गर्दै आएको अध्यक्ष पौडेलले जनाए । कक्षा १२ सम्मका बिद्यार्थीहरुले सहभागिता गराउन पाउने उक्त प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई छनौट गरी उनीहरुको खेल जीवनमा आवश्यक सहयोग गर्ने भएको संघले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 93 Viewed

प्रतिक्रिया दिनुहोस्