गंगा देवी बराल
पोखरा । चैत ०८,२०७७
पोखरा २२ पुम्दीभुम्दी भ्युपोइन्ट अन्तरगत रहेको धुर्वतारा आमा समुहले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ।
पुम्दिभुम्दी स्थायी बसोबास भएका २८ बर्षे प्रकाश बरालको लामो समय देखि दुबै मिर्गौला मा समस्या आएको हो। मिर्गौला पीडित बरालको आर्थिक स्थिति कमजोर भएका कारण उपचारका लागि थप सहजता होस भनी शनिबार एक कार्यक्रमका बिच समुहले आर्थिक सहयोग गरेको हो।
वडा नम्बर २२ वडा सदस्य मातृका प्रसाद बरालको बिशेष संलगतामा उक्त आर्थिक सहयोग कार्यक्रम संचालन भएको हो।
काठमाडौ टिचिङ अस्पतालमा मा १५ दिनको उपचारपछी बिरामी हाल पोखराको गण्डकी मेडिकल कलेजमा डाइलेसिस गरिरहेका छन।पोखरामा डाक्टर कृष्ण थापा संग उपचार गराइरहेका बराल स्वास्थमा पुर्ण सुधार आउने मा ढुक्क छन।
बिरामी भन्छन,”म आत्तिएको छैन,स्वास्थ्यमा गढबढी आउनु स्वभाबिक हो, मेरो आत्मबल दह्रो छ,मेरो स्वास्थ्यमा सुधारको लागि शुभकामना गर्नुहुने सम्पुर्ण आभारी छु;”
करिब १२ बर्ष अगाडि पनि बरालको मिर्गौलामा नै समस्या आएको थियो। डाक्टरले हप्तामा २ पटक डाइलेसिस गर्नु पर्ने बताएपनी स्वास्थ्यमा छिटै नै सुधार हुनेमा पारिबारिक सदस्यहरु ढुक्क छन।
बिरामीलाई हाल डाइलेसिस उपचारको लागि यन्त्र शुल्कमा वडा सदस्य मातृका प्रसाद बराल तथा रोटरी क्लबका पुर्व अध्यक्ष ई बाबुराम बरालको सहयोग न्यून शुल्क मा उपचार गराइएको छ।
आमा समुहले बिगतका दिनहरुमा पनि विभिन्न ठाउहरुमा पनि सहयोग गर्दै आइरहेको छ।
समुहले ३१४२५ रुपैया सहयोग गरेको हो। समुहको कोषाध्यक्ष यसोदा बराल(सुनिता) भन्छिन,”हामी यदि बिरामीको मिर्गौला नै फेर्नु पर्ने अवस्था आएछ भने पनि थप सहयोगको लागि तयार छौ।”
होमकुमारी पौडेलको अध्यक्षमा भएको आमा समुहमा कमला पौडेल (बराल) सचिब तथा समुहको उपाध्यक्ष मैना कुमारी बराल छन।पार्बती बराल,बिष्णु बराल,रुक्मिणा बराल,शुभलक्ष्मी बराल,तारा बराल लगायत समुहमा ७८ जना सदस्य छन।

अन्तिम पटक अध्यावधिक गरिएको 154 Viewed

प्रतिक्रिया दिनुहोस्