शनिबार दिउँसो मनाङको नासों गाउँपालिका–३, खोत्रोमा भएको ट्रक दु’र्घ’टनामा मृ’त्यु हुनेको संख्या ५ पुगेको छ।

प्रहरीका अनुसार घा’इतेमध्ये थप २ जनाको मृ’त्यु भएपछि मृ’तकको संख्या ५ पुगेको हो। यसअघि घ’टनास्थलमै ३ जनाको मृ’त्यु भएको थियो।

लमजुङको बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक शनिबार दिउँसो खोत्रोस्थित सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदीमा ख’सेको हो।

मनाङ जिल्ला प्रहरी कार्यालयका अनुसार दु’र्घ’टनामा मनाङको नासों गाउँपालिका–४, ओडार गाउँका ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङको घ’टनास्थलमै मृ’त्यु भएको हो। मनिषा र जलकाशी दिदीबहिनी हुन् भने लिउन मनिषाका छोरा हुन्

दु’र्घ’टनामा ग’म्भीर घा’इते भएका ५ जनामध्ये ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि जिल्ला अस्पताल बेंसीसहरतर्फ ल्याउँदै गर्दा बाटैमा मृ’त्यु भएको हो। शनिबार राति ८ बजेतिर उनीहरूको मृ’त्यु भएको प्रहरीले जनाएको छ।

ग’म्भीर घा’इते ट्रकका चालक तनहुँको भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ, नासों गाउँपालिका ४ का ३ वर्षीय थिउन गुरुङ र ७ वर्षीय निहल गुरुङलाई जिल्ला अस्पताल लमजुङमा प्राथमिक उपचारपछि चितवनस्थित पुरानो मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 70 Viewed

प्रतिक्रिया दिनुहोस्