राजधानी काठमाडौंमा आइतबार एक जना व्यक्तिको ह’त्या भएको छ । अपरिचित व्यक्तिले ढुंगाले हान्दा उनको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा आइतबार ५५ वर्षीय पुरुषको ह’त्या भएको हो । कलङ्कीस्थित थापागाउँमा बिहान अपरिचित व्यक्तिले ढुंगाले हि’र्काउँदा चौधरी थरका पुरुषको उपचारको क्रममा मृ’त्यु भएको हो ।

ह’त्या आ’रोपमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई प’क्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए ।

अप’राध महाशाखा, परिसर काठमाडौं र प्रहरी वृत कालीमाटीबाट खटिएको टोलीले थापालाई ढुंगेअड्डाबाट प’क्राउ गरेको हो । कलंकी क्षेत्रमा मजदुरी गरेर खाइ हिँड्ने चौधरीको टाउकोमा चोट लागेको थियो । चोट लागेपछि शहीद अस्पतालमा लगिएकोमा सोही अस्पतालमा उपचारको क्रममा उनको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ।

थापाले ढुंगाले हिर्काएर चौधरीको ह’त्या गरेको प्रहरीसँग स्वीकार गरेका छन् ।

आइतबार विहान साढे २ बजे सडक पेटीमा सुतिरहेका चौधरीलाई आ’रोपीले ढुंगाले हिर्काएर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 109 Viewed

प्रतिक्रिया दिनुहोस्