उदयपुरको कटारी नगरपालिका-१० का सुजन थापाको ३ बर्षीय छोरा अरबिन्द्र थापाको आगोले ज’लेर मृ’त्यु भएको छ । आईतवाट बेलुका ६ बजेको समयमा घर निजकै रहेको परालको कुन्युमा अचानक आग’लागी भई उक्त आग’लागीबाट घरमा समेत आगो सल्कदा घर भित्र रहेका बालकको आगोले ज’लेर मृ’त्यु भएको हो ।

उक्त आग’लागीबाट थापाको २ तले कच्ची घर सहित घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राको पाठा समेत ज’लेर न’ष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्ष’ति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सोही आग’लागीबाट छिमेकी प्रकाश थापाको समेत घरमा आग’लागी भई ज’लेर न’ष्ट हुँदा निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, सुन/चाँदी, घर नजिकै रहेको मतान घर, २ वटा बाख्राको पाठा र भैसीको पाडो समेत ज’लेर न’ष्ट हुँदा अन्दाजी २८ लाख बराबरको क्ष’ति भएको तथा अर्का छिमेकी मेख बहादुर थापाको समेत घर पुर्ण रुपमा ज’लेर न’ष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्ष’ति भएको हो । उक्त आग’लागी नेपाल प्रहरी र स्थानीयवासीको सहयोग बेलुका सवा ९ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 69 Viewed

प्रतिक्रिया दिनुहोस्