काठमाडौंमा एक युवकले आफ्नै प्रेमिकालाई मट्टितेल खन्याएर आ’गो लगाएका छन्।

कागेश्वरी मनोहरा नगरपालिका ८ मा सोलुखुम्बुकी युवतीलाई आ’गो लगाएको प्रहरीले जनाएको छ।

प्रेमिकालाई आ’गो लगाएपछि युवकले आफूलाई पनि आ’गो लगाएको तर उनको भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। युवतीको घर सोलुखुम्बु र युवकको दोलखा हो।

१९ वर्षीय पूजा कार्कीलाई दोलखाका सुरज श्रेष्ठले आ’गो लगाएका हुन्। पूजा बुद्धचोकमा र सुरज जोरपाटीमा बस्दै आएका छन्।

आग’लागीबाट युवती भने ग’म्भीर घा’इते भएकी छन्। युवतीको कीर्तिपुरस्थित अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। उनको अवस्था ग’म्भीर रहेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।

दोलखा घर भएका सुरज श्रेष्ठको भने साँखुमा उपचार भइरहेको छ। युवकले लागूऔषध सेवन गरेर सुरुमा युवतीलाई कुट’पिट गरेको र पछि मट्टितेल खल्याएर आ’गो लगाएको पाइएको छ। युवतीको निधारमा चोट लागेको छ।

दुवै जना अस्पतालमा रहेकाले घ’टनाको विस्तृत नखुलिसकेको प्रहरीले जनाएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 76 Viewed

प्रतिक्रिया दिनुहोस्