धनगढी । बसको ठक्करबाट युवतीको मृ’त्यु भएपछि कैलालीको लम्की क्षेत्र त’नावग्र’स्त बनेको छ ।

बसको ठक्करले युवतीको मृ’त्यु भएपछि स्थानीयले प्रदर्शन चर्काएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गो’ली चलाएको छ ।

प्रहरीले गो’ली चलाउँदा २ जना घा’इते भएका छन् । पूर्व-पश्चिम राजमार्ग छाडेर टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले मंगलबार बिहान लम्की चोकमा पैदल यात्रीलाई ठ’क्कर दिएको थियो ।

बसको ठ’क्करबाट लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटा बुढा ग’म्भीर घा’इते भएकी थिइन् । ग’म्भीर घाइते देवकोटाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका लागि लैजाने क्रममा नै मृ’त्यु भएको थियो ।

बसको ठ’क्करबाट युवतीको मृ’त्यु भएपछि मृ’तकका आफन्त र आक्रोसित स्थानीयले सडक अ’वरुद्ध पार्दै टायर बालेर प्रदर्शन गरेका थिए ।

स्थानीयले इलाका प्रहरी कार्यालय अगाडि समेत प्रदर्शन गर्न थालेपछि स्थिति निय’न्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको प्रहरीको भनाइ छ ।

गो’ली लागेर २ जना घा’इते भएका छन् । घा’इते दुवै जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 72 Viewed

प्रतिक्रिया दिनुहोस्