स्याङ्जा, चैत १०। स्याङ्जाको गल्याङ नगरपालिकामा ट्र्याक्टरबाट खसेर घा’इते भएका एक सहचालकलाई अर्का सहचालकसँग मिलेर चालकले कालीगण्डकीमा ब’गाइदिएको प्रहरीले जनाएको छ ।

गल्याङ नगरपालिका पारीचौरमा पर्ने बेल्चौर साँखर कच्ची सडक खण्डमा गुडिरहेको लु अ फ १०२० अस्थायी नम्बर रहेको ट्र्याक्टरबाट खसेर घा’इते भएका गणेश गाहालाई उनकै साथीहरुले कालीगण्डकीमा बगाएर बे’पत्ता बनाइदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घा’इते गाहालाई ट्याक्टर चालक अमित परियार र त्यही ट्र्याक्टरका अर्का सहचालक गल्याङ नगरपालिका ८ का २२ वर्षीय सुनिल रानाले त्यही ट्र्याक्टरमा राखी साखँर घाट कालीगण्डकीमा लगेर फालेको प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

चैत ५ गते राति १० बजे यो घ’टना भएको प्रहरीको भनाइ छ ।

घ’टना भएको जानकारी पाउनासाथ प्रहरी टोलीले कालीगण्डकी नदीमा खोजी गरिरहेको भए पनि गाहा अझै फे’ला परेका छैनन् । बे’पत्ता गाहाको खोज’तलास गर्न गोताखोर टोली ल्याउने तयारी भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

घ’टनामा संलग्न अर्का सहचालक सुनिल रानालाई प्रहरीले प’क्राउ गरेको छ । रानाले यस घ’टनाबारे आफ्नो दिदीलाई भनेपछि घ’टना बाहिर आएको हो ।

रानालाई प्रहरीले ज्यानसम्बन्धी कसुर कर्तव्य ज्यान मु’द्दा दर्ता गरी सोमवार जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यस्तै फ’रार रहेका ट्र्याक्टर चालक अमित परियारको खोजी भइरहेको र ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 57 Viewed

प्रतिक्रिया दिनुहोस्