१ महिनादेखि बे’पत्ता महोत्तरीका झा दम्पतीको बिहीबार श’व फेला परेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले झा दम्पतीको श’व फेला परेको पुष्टि गरेका छन् ।

डीआईजी सिंहका अनुसार झा दम्पतीको श’व महोत्तरीको पिपरा गाउँपालिका-२ मा बाटोको छेउमै गाडीको अवस्थामा फेला परेको हो ।

‘बाटो छेउमै जमिनमुनि ि५ फिट तल गाडीको अवस्थामा दुवै जनाको श’व फेला परेको छ,’ डीआईजी सिंहले भने ।

सिंहका अनुसार झा दम्पतीको श’व उनीहरुको घरभन्दा ३ किलोमिटर पर दक्षिणतर्फ फेला परेको हो ।

प्रहरीको सर्च अपरेशनका क्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो नेतृत्वको टोलीले झा दम्पतीको श’व फेला परेको हो ।

गत फागुन ११ गतेदेखि महोत्तरीको पिपरा गाउँपालिकाका सहोरवा गाउँका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झा बे’पत्ता भएका थिए ।

झा दम्पतीको अप’ह’रण गरेको अभि’योगमा केही दिन अगाडि मात्रै प्रहरीले ४ जनालाई प’क्राउ गरेको थियो । प्रहरीले मुसाफिरका छिमेकी रामबाबु यादव र उनका दुई छोरा तथा एक भारतीय नागरिक हरेन्द्र ठाकुरलाई प’क्राउ गरेको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 95 Viewed

प्रतिक्रिया दिनुहोस्