प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतका सुरक्षा सेवा अधिकृत (पीएसओ)को सडक दु’र्घटनामा मृ’त्यु भएको छ ।

धनुषामा भएको मोटरसाइकलमा परी मुख्यमन्त्री राउतका पीएसओ नेपाल प्रहरीका सहायक निरीक्षक (असई) मदनजंग कापरको मृ’त्यु भएको हो ।

कापर चढेको मोटराइकललाई जनकपुर जनकपुर-बर्दिबास सडकखण्डअन्तर्गत मिथिला नगरपालिका-१० लालगढमा ट्रकले ठ’क्कर दिएको थियो ।

शुक्रबार बिहान करिब ३ बजेतिर बर्दिबासबाट जनकपुरतर्फ जाँदै गर्दा असई कापर चढेको मोटरसाइकललाई ट्रकले ठ’क्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

डीएसपी मिश्रका अनुसार कापर चढेको मोटरसाइकललाई ठ’क्कर दिने ट्रकलाई सनुसरीबाट नियन्त्रणमा लिइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 150 Viewed

प्रतिक्रिया दिनुहोस्