नेकपा-एमालेको डोल्पा जिल्ला कमिटी अध्यक्ष दत्त रोकायाको को’रोना सं’क्र’मणका कारण नि’धन भएको छ।

आज बिहान पाटन अस्पतालमा रोकायाको नि’धन भएको एमाले डोल्पाका सचिवालय सदस्य लंकबहादुर शाहीले बताए।

‘उहाँको दुई सातादेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो। आज बिहान नि’धन भएको हो,’ शाहीले भने, ‘नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाटमा अ’न्त्येष्टी गर्नेछ।’

शाहीका अनुसार रोकायालाई ज्वरो आएपछि जाँच गराउँदा को’रोना सं’क्र’मण पुष्टी भएको थियो। उनका अनुसार एक महिनाअघि रोकाया पार्टीको कामको सिलिसलामा काठमाडौ आएका थिए।

३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका रोकाया पञ्चायतकालमा कालिका माध्यमिक विद्यालयका हेडमास्टर थिए।

‘२०४७ सालमा डोल्पामा एमालेको जिल्ला कमिटी बन्दा उहाँ संस्थापक अध्यक्ष हुनुभएकाे हाे,’ शाहीले भने, ‘त्यसयता एकपटक बीचमा पाँच वर्षबाहेक सधै जिल्ला कमिटी अध्यक्षको रुपमा क्रियाशील रहनुभयो।’

अन्तिम पटक अध्यावधिक गरिएको 73 Viewed

प्रतिक्रिया दिनुहोस्