
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको वि’रोधमा भएको प्रदर्शनका क्रममा कम्तीमा ५ जनाको मृ’त्यु भएको छ ।
शुक्रबार भएको वि’रोध प्रदर्शनमा ४ जनाको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको हो । चटगाउँ मेडिकल कलेजका एक अधिकारीले नाम प्रकाशित नगर्ने सर्तमा भने कि अस्पतालमा ल्याइएका कम्तीमा चार घा’इतेको मृ’त्यु भएको छ ।
अर्का एक जना हिफाजात इस्लाम संगठनमा आवद्ध प्रदर्शनकारीहरूको पनि मृ’त्यु भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
बंगलादेशी सञ्चारमाध्यामहरुका अनुसार स्थानीय हात्जारी मदरसामा भएको प्रार्थनापछि वि’रोध जु’लुस निस्किएको थियो । सो जु’लुस हिं’सात्मक बन्दै गएपछि प्रहरीले ह’स्तक्षेप गरेको थियो ।
राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा भएको वि’रोध प्रद’र्शन र झ’डपमा परेर थुप्रै पत्रकारहरू समेत घा’इते भएका छन् ।
केही दिनदेखि ढाकामा धेरै मुस्लिम नेताहरु र वामपन्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको वि’रोधमा प्र’दर्शन गर्दै आएका थिए ।
भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा शुक्रबार ढाका पुगेका छन् ।