रास्ट्रीय सभा अध्यक्ष कप गन्डकी प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगीता तथा बिबिध सास्कृतिक कार्यक्रम हिजो देखि मोदि गाउपालिका ७ राम्जाठाटिमा सुरु भएको छ।

हिजो देखि सुरु भएको कार्यक्रममा आज चैत्र १४ गते शनिबार प्रमुख अतिथीमा गन्डकी प्रदेशका बन वातावरण तथा पर्यटन मन्त्री माननीय बिकास लम्साल द्वारा समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै आज रत्यौली प्रतियोगिता संगै रास्ट्रीय कलाकारहरु जीवन दाहाल लगाएतको बेजोड प्रस्तुति रहेको थियो।

यहि चैत ११ गते देखि १७ गते सम्म आयोजित गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका बिभिन्ना ८ जिलाका ५ टिमको सहभागिता रहेको छ। खेलाडीहरुलाई उच्च सम्मान गर्दै खेलाडीको लागि निसुल्क खान बस्नको व्यवस्था पनि गरिएको छ। लिक कम नक आउटको आधारमा खेलाईएको छ भने प्रथम पुरस्कार एक लाख पचास हजार ,द्रितिया पुरस्कार १ लाख र तृतीय पुरस्कार पचास हजार रहेको छ।

राम्जाको इतिहासमै यस किसिमको पहिलो र ऐतिहासिक कार्यक्रममा सहभागी हुन खेल तथा संगीतको मनोरन्जनका साथै सारगर्भित भनाइहरु सुन्न पाउदा खुसी लागेको स्थानिएको भनाई रहेको छ।

हामीले यहि स्थान देखि कार्यक्रम छायांग्कन गरेका छौ। कार्यक्रमहरु हेर्नको लागि तपाईहरुले हाम्रो आधिकारिक युट्युब च्यानल समय नेपाल टिभिमा हेर्न सक्नुहुने छ।

अन्तिम पटक अध्यावधिक गरिएको 112 Viewed

प्रतिक्रिया दिनुहोस्