बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमावर्ती क्षेत्रमा लागेको होली मेलामा युवा समूहबीच भएको झ’डपमा २ जनाको मृ’त्यु भएको छ ।

होली मनाउने क्रममा भएको वि’वादले उग्र रुप लिँदा केही व्यक्तिको हता’हती भएको बताइएको छ ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झ’डप हुँदा हता’हती भएको वडिगाड गाउँपालिको वडा नम्बर ९ का अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए ।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झ’डप हुँदा दुईको मृ’त्यु र केही युवा घा’इते भएका वडाध्यक्ष केसीले बताए ।

मेला भएको क्षेत्रका स्थानीयले जनप्रतिनिधिलाई दिएको जानकारीअनुसार मृ’त्यु हुनेमा ३६ वर्षका प्रकाश कुँबर र ३४ वर्षका दिपक दमाइ रहेका छन् ।

उनीहरुको श’व बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भीमगिठेले जानकारी दिएको छ ।

होली मनाउनका लागि भनेर आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झ’डपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बे’पत्ता भएका छन् ।

घ’टनामा १० देखि १५ जनासम्म हता’हती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 207 Viewed

प्रतिक्रिया दिनुहोस्