सरकारले उपत्यका सहित देशभरका विद्यालय ४ दिनसम्म बिदा गर्ने निर्णय गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले वायु प्र’दूषणका कारण बालबालिकाको स्वास्थ्यमा ग’म्भीर अ’सर पर्ने भन्दै भन्दै शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।

अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

वरपरका जिल्लामा ड’ढेलो लागेको कारण राजधानी उपत्यकामा तीनरचार दिनयता मौसम प्रतिकूल बनिरहेको छ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्र’दूषण निकै बढेको छ।

मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँ’वा लिएर आएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 65 Viewed

प्रतिक्रिया दिनुहोस्